नाडा अटो शोमा प्रभु बैंकको अटो लोन अफर, ५.३५ प्रतिशत ब्याजदरमा गाडी किन्न पाइने

लोकपथ
0
Shares

काठमाडौं । नाडा अटो शो २०२६ को अवसरमा प्रभु बैंकले गाडी किन्न चाहने ग्राहकका लागि सस्तो ब्याजदरमा अटो कर्जा योजना ल्याएको छ ।

बैंकले ‘प्रभु अटो लोन’ योजनाअन्तर्गत ५.३५ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने भएको हो । यो ब्याजदर साउन महिनाको आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडेर निर्धारण गरिएको हो ।

नाडा अटो शोमा गाडी किन्न चाहने ग्राहकलाई सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकले यो योजना ल्याएको हो ।

बैंकले प्रदर्शनी स्थलमै आफ्नो स्टल राखेर ग्राहकलाई अटो कर्जाबारे जानकारी, परामर्श तथा कर्जा प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?