काठमाडौं । मोहम्मद जयन्तीका अवसरमा सरकारले भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज निकालेको सूचनामा भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिइएकोे उल्लेख छ ।
२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ । त्यहीअनुसार मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी दिएपछि गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया