निषेधाज्ञा जारी भएपछि शेयर कारोबार बन्द

लोकपथ
224
Shares

काठमाडौं ।  काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजी बजारको कारोबार स्थगन गरिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । 

उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?