काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा। डा। गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन् ।
मन्त्रालयले डा। केसीले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न आफू संवेदनशील रहेको जनाएको छ ।
साथै, मन्त्रालयले अनसनरत डा.केसी पक्षलाई वार्ता र संवादका माध्यमबाटै समस्या समाधान गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया