राष्ट्र बैंकले भोलि र पर्सि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले बिहीबार र शुक्रबार दुई दिन असर्फी तथा मेडालियन बिक्री गर्ने जनाएको छ ।

महाशाखाका अनुसार सर्वसाधारणले २.५ ग्रामको सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न सक्नेछन् । दुवैमा लक्ष्मी र गणेशको चित्र राखिएको हुनेछ ।

एक व्यक्तिले एक थान सुनको असर्फी र बढीमा दुई थान चाँदीको मेडालियन खरिद गर्न पाउनेछन् । यसको मूल्य खरिद गर्ने दिनको बजार मूल्यअनुसार निर्धारण हुनेछ ।

असर्फी र मेडालियन खरिद गर्न चाहनेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखामा पुग्नुपर्नेछ ।

खरिदकर्ताले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा लैजानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?