काठमाडौं । एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा रहेको ‘एनआईसी एसिया इक्विटी अपर्चुनिटी फण्ड’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्से र एनआईसी एसिया क्यापिटलबीच कात्तिक १८ गते उक्त फण्डका १० करोड इकाई सूचीकृत गर्ने सम्झौता भएको हो ।
प्रतिइकाई १० रुपैयाँ मूल्य रहेको यस फण्डको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ ।
नेप्सेका अनुसार यस फण्डको कारोबार कात्तिक १९ गतेदेखि सुरु हुनेछ । यससँगै लगानीकर्ताले उक्त फण्डको इकाई दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया