१.४० अंकले बढ्यो नेप्से, ७ अर्ब ४३ करोडको कारोबार

लोकपथ
0
Shares

काठमाडौं । साताको कारोबारको बुधबार पनि सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ६.६२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.४० अंकले बढेर २ हजार ६६५.५३ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि आज कारोबार रकम भने उल्लेख्य बढेको छ । आज ३५८ वटा कम्पनीका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँमा कारोबार भएका छन् ।

अघिल्लो दिन ३४९ वटा कम्पनीका १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँमा किनबेच भएका थिए ।

आज जीवन बीमा र म्युचुअल फण्ड समूहको उपसूचक बढेको छ । त्यस्तै, अन्य समूहको उपसूचक सर्वाधिक ६.१८ प्रतिशत र व्यापार समूहको १.११ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका उपसूचक भने घटेका छन् ।

आज कारोबार भएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आज नेपाल रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य ११.४८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?