काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयलाई लिएर सरकारप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले दानबहादुर कार्कीलाई हटाएर डा.मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको विषयमा प्रतिक्रिया दिएका हुन् ।
पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले सरकारले आफूले भनेको काम गर्ने व्यक्तिलाई आईजीपी बनाएको हुन सक्ने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला ।’
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो ।
त्यसपछि सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । सरकारको उक्त निर्णयपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया