नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

लोकपथ
182
Shares

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा.मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।

केसीले केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर औपचारिक रूपमा प्रहरी महानिरीक्षकको पदभार सम्हाल्ने कार्यक्रम तय भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो ।

पदभार ग्रहणसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?