कामना सेवा विकास बैंकको रक्तदान कार्यक्रममा ४०४ पिन्ट रगत संकलन

लोकपथ
0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न शाखामा आयोजना गरेको कार्यक्रममा कुल ४०४ पिन्ट रगत संकलन भएको जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन् ।

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

बैंकले कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखरा क्षेत्रको न्युरोड पोखरा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंक तथा पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगर शाखामा पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

ती कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यसैगरी, वार्षिकोत्सवकै अवसरमा बैंकले अन्तर बैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कपको छैटौँ संस्करण पनि आयोजना गरेको थियो । प्रतियोगिताको पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?