काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।
भेटमा दुई देशबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटवार्तामा अर्थसचिव डा। घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका विभिन्न अधिकारीहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया