गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

लोकपथ
0
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो ।

बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर शाखा सञ्चालनमा ल्याएको हो । २०६४ कात्तिक १८ गतेदेखि कारोबार सुरु गरेको बैंकले शाखा विस्तारलाई निरन्तरता दिँदै आएको छ ।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका साथै एटीएम, लकर र विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार नयाँ शाखाले बालुवाटार क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउनुका साथै स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्नेछ ।

हाल बैंकले देशका सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?