काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्ने भएको छ ।
पार्टीको कार्यलय सचिव डोरप्रसाद उपाध्याय निर्मलका अनुसार असार तेस्रो साता बस्ने बैठकमा पार्टी एकतासहित संगठनलाई चलायमान बनाउनेलगायतका विषयमा छलफल हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि पहल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा यसबारेमा पनि छलफल हुने निर्मलले बताए ।
यस अघि माओवादी केन्द्रीय समिति बैठक चैतमा बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया