सभामुखलाई भेटेर आङदेम्बेले जानकारी गराए विपक्षी दलको बैठकको निर्णय

लोकपथ
14
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको निर्णयबारे जानकारी गराएका छन् ।

मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयबारे जानकारी गराएका हुन् ।

सोमबार बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाललगायत दल सहभागी थिए ।

विपक्षी दलहरूले सञ्चारगृहमा प्रहरी प्रवेश गरेको, पत्रकार पक्राउ परेको, न्यायालयमा बिचौलियाको प्रवेश बढेको, कर्मचारीतन्त्रमा त्रास बढेको र सरकारको कार्यशैलीलगायतका विषयमा संसद्मा छलफल गर्नुपर्ने बताएका छन् ।

यी विषयमा छलफल गर्न संसद्को बैठक तत्काल बोलाउनुपर्ने निर्णय गरेको जानकारी आङ्देम्बेले सभामुखलाई गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?