निर्वाचन आयोगमा अद्यावधिक भयो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ ।

सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार महामन्त्री पौडेलले केन्द्रीय कार्यसमितिको विवरण आयोगमा पेस गरेका हुन् ।

त्यसैगरी, उनले नेपाली कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसमेत निर्वाचन आयोगमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?