आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
567
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ नौ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७८ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ एक पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ ४८ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ आठ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?