काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, प्रवुद्ध बर्ग र परराष्ट्रविद्हरुसँग परामर्श गरेका छन् ।प्रधानमन्त्रीसँगको छलफलका क्रममा उनीहरुले विगतमा भारतसँग भएका द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिएका छन् ।भारत भ्रमणबारे सुझाव दिनका लागि ओलीले सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरुले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।ओलीलाई उनीहरुले पुराना सम्झौतामा समस्या देखिएको भन्दै नयाँ सम्झौता नगर्न सुझाब पनि दिएका छन् ।ओलीले आफ्नो भारत भ्रमणलाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिएको बताएका थिए ।छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्दलगायत सहभागी भएका थिए । अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भने सहभागी थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया