काठमाडौँ, २१ चैत- पूर्वप्रधानमन्त्री तथा परराष्ट्रविद्हरुले विगतमा भारतसँग भएका द्धिपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे सुझाव दिन बालुवाटारमा बुधबार बोलाएको बैठकमा उनीहरुले पूरानै सम्झौता कार्यान्वयनमा समस्या देखिएको बेला नयाँ सम्झौता गर्न नहुनेमा जोड दिए ।सो अवसरमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणकालाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भीरता पूर्वक लिएको पनि बताए ।बैठकपछि परराष्ट्र मामिलाका जानकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रमलाई सुझाव दिइएको बताए ।नयाँ नभई भएका पुराना सन्धी सम्झौता कार्यान्वयमा जोड समेत दिइएको उनले बताए ।यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले देश र जनताको पक्षमा काम गर्नको लागि दिएको जानकारी दिए ।छलफलमा पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागि थिए ।यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मामिलाका जानकार भेष्बहादुर थापा, निलम्बर आचार्यलगायतको पनि बैठकमा सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया