बैठकको बिचैमा हिँडेका ओली र प्रचण्डबीच के भयो कुराकानी ?

काठमाडौं- सचिवालय बैठकबीचमा नै छाडेर हिँडेका प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केहीदिनभित्रै स्थायी कमिटीको मिति तोक्ने कुरा भएको छ।

सचिवालय बैठक सुरु भएको केहिबेरमा मतभेद भएपछि बैठकबाट जुरुक्क उठेर हिँडेर ओली र प्रचण्डबीच सबै सचिवालय सदस्य बालुवाटारबाट हिँडेपछि छलफल भएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उठेर हिँडेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको थियो ।

ओली र प्रचण्डबीच करिब आधा घण्टा छलफल भएको थियो । आफूलाई सबैले एक्ल्याउन खोजेको भन्दै ओलीले प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । सो क्रममा ओलीले अहिले बजेट र कोरोना नियन्त्रणमा केन्द्रीत हुनुपर्ने भन्दै स्थायी कमिटी बैठकमा जोडबल गर्न नहुने बताएका थिए । तर, प्रचण्डले पार्टीको विधान र सदस्यहरुको भावना बुझ्नुपर्ने भन्दै बैठक बोलाउनै पर्नेमा जोड दिएका थिए ।

जवाफमा ओलीले केहीदिनमा फेरि छलफल गरेर औचित्यका आधारमा बैठक बोलाउने बताए प्रचण्डपनि ओलीको सोही भनाइमा सहमति जनाउँदै खुमलटार फर्किएका थिए ।

सत्ताधारी दल नेकपामा पछिल्लो समय बिग्रीएको राजनीतिक समिकरण बुधबार सतहमा देखिएपछि सामाजिक सञ्जालमा कामकुरो एकातिर राजनीतिक दल एकातिर भन्दै एकैदिन १७ जना कोरोना संक्रमित थपिँदा समेत रमिता देखाउनै उद्यत रहेको भन्दै टिकाटीप्पणी हुन थालेका छन् ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

ओलीले बीचैमा छोडेर हिँडेपछि सचिवालय बैठकले के गर्‍यो निर्णय ? (भिडियोसहित)

सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली , भएको के थियो ? 

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?