बर्खास्त आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा

लोकपथ
0
Shares

काठमाडौं । सरकारबाट बर्खास्तीमा परेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

सरकारको निर्णयपछि कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत जाने तयारीमा रहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?