आईजीपीको बर्खास्तीदेखि नयाँ नियुक्तिसम्म, के–के भए मन्त्रिपरिषद् बैठकका निर्णय ?

लोकपथ
0
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेको हो ।

सरकारको निर्णयअनुसार उक्त पदमा हालका आईजीपी दानबहादुर कार्कीलाई खटाइएको छ ।

कार्की विशेष सुरक्षा सल्लाहकारमा खटिएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गरिएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी आईजीपीमा बढुवा गर्ने निर्णय सरकारले गरेको हो ।

यससँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?