सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

काठमाडौं । लगभग २० दिनसम्म अचनक गायब भएका उत्तर कोरियाली नेता किम जोङ उन अचानक २ मेमा एक सार्वजनिक कार्यक्रममा देखा परेका थिए ।

उत्तर कोरियाली सरकारले उनी सार्वजनिक कार्यक्रममा देखिएपछि किम स्वस्थ रहेको दाबी गर्दै आएको थियो । तर अहिले एक नयाँ जानकारी बाहिरिएको छ ।

२ मेमा सार्वजनिका कार्यक्रममा उपस्थित भएका ति व्यक्ति किम जोङ उन नभएर उनको नक्कली रुप भएको कुरा बाहिरिएको छ ।

उनले आफ्नो अर्काे स्वरुप बनाएको भन्दै अहिले सोसल मिडियामा बहस चलेको छ । ब्रिटेनकी पूर्व सांसद लुईस मेन्सले उनले आफ्नो डबल बडी बनाएर राखेको सामाजिक सञ्जाल ट्वीटरमा प्रमाण समेत दिएकी छन् ।

त्यस्तै केहि सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले फोटोग्राफलाई प्रमाण देखाउँदै सार्वजनिक कार्यक्रममा देखिएको भनिएका तानशाह किम नभएको बताएका छन् ।

लुईसले किमको दाँत सार्वजनिक कार्यक्रममा देखिएका व्यक्तिसँग नमिलेको समेत बताएकी छन् । साथै उनले कानको आकार पनि नमिलेको बताएकी छन् । इतिहासमा पनि केहि शासकहरुले आफ्नो नक्कली स्वरुप धेरै बनाएर राख्ने गरेको पाइन्छ । त्यसमध्ये एडल्फ हिटलर, जोसेफ स्टालिन र सद्दाम हुसेनको नाम जोड्ने गरिन्छ ।

लुईसले लेखेकी छन् कि, यदि कोरियन प्रोपोगाण्डाद्वारा जारी फोटो हेर्ने हो भने किम जोङ उनको दाँतमा पनि भिन्नता रहेको छ, उनी एक मानिस मात्र हुन सक्दैनन्, म त्यसमा कुनै बहस गर्न चाहान्न । तर तस्वीरमा देखिएका दुबै व्यक्ति किम भने होइनन् ।

https://twitter.com/LouiseMensch/status/1256442712146001922?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1256442712146001922%7Ctwgr%5E&ref_url=https%3A%2F%2Faajtak.intoday.in%2Fgallery%2Fnorth-korea-leader-kim-jong-un-uses-body-double-theories-spread-british-mp-claims-tstr-1-49868.html

यदि तपाई किमको कानमा ध्यान दिएर हेर्नुहुन्छ भने पनि त्यसमा फरक पाउनुहुनेछ । एक फोटोमा उनको कान सिधा छ भने अर्काेमा थोरै बाङ्गो रहेको छ ।

त्यस्तै जेनिफर जेंग नामक एक भ्लगरले किमको केहि फोटोहरु ट्वीटरमा शेयर गरेकी छन् । त्यसमा उनले कान, दाँत र कपालमा फरक रहेको कुरा देखाएकी छन् ।

उनको फोटोमा धेरै फोकस किमको हातमा गरिएको छ । उनको दायाँ हातको नाडिमा एक निशान रहेको छ । यो निशान वास्तविक किमको हातमा नभएको मानिएको छ । तर कसैले भने अप्रेशन गर्दा लगाएको मोटो सुईको दाग भएको बताएका छन् ।

२ मेमा कोरियन मिडियाले किम एक फार्टिलाइजर प्लान्टको उद्घाटनका लागि सार्वजनिक भएको देखाएका थिए । त्यहाँ उनी एकदमै स्वस्थ देखिन्थे ।

एजेन्सीको सहयोगमा
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?