कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

काठमाडौं । कोरोना भाइरसलाई हराउनको लागि अहिले सारा देश लागि परेका छन् । कोरोना भाइरसको महामारीलाई नष्ट गर्नको लागि हरेक दिन नयाँ प्रयोग भईरहेको छ ।

यसैबीच इटालीका वैज्ञानिकहरुले कोरोना भाइरसलाई नष्ट गर्नका लागि कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने दाबी गरेका छन् ।

उनीहरुका अनुसार मुसामा सफल परिक्षण भईसकेको र अब मानिसमा पनि छिटै ट्रायल शुरु गर्न लागिएको छ । यस कुराको पुष्टि रोमका इन्फेशियस डिसीज स्प्यानजोनी हस्पिटलमा भएको एक परिक्षणबाट भएको छ ।

अरब न्युजको एक रिपोर्टका अनुसार, इटाली कोरोना भाइरसको भ्याक्सीन बनाउने विश्वकै पहिलो देश बनेको छ । यो परिक्षण सबैभन्दा एडभान्स स्टेज रहेको बताइएको छ ।

औषधि बनाउने एक फर्म ताकिजका सीईओ लिगी ओरिसिशियोले यस बारेमा इटालीको एक एजेन्सीसँग विस्तृतमा बताएका छन् ।

उनले, भ्याक्सिनको परिक्षण गर्नको लागि वैज्ञानिकले मुसाको प्रयोग गरेका थिए । सिंगल भ्याक्सिनेशन पनि मुसामा एन्टिबडीज विकसित भएको पाइएको थियो ।

त्यस्तै प्रक्रीया मानव कोशिकाहरुमा पनि हुने गर्दछ । गर्मी पछि भ्याक्सीनलाई ह्युमन ट्रायल शुर गरिँदै छ । रिपोर्टका अनुसार ५ भ्याक्सीन क्यान्डिडेट्सले धेरै संख्यामा एन्टीबडी जेनरेट गरेको छ ।

जसमा दुई सर्वश्रेष्ठ परिणामवाला भ्याक्सीनको चयन गरिएको छ । यी सबै भ्याक्सीन डीएनए प्रोटिन स्पाईक को जेनेटिक म्याटिरियलमा आधारित रहेको छ ।

ताकिजका डा. एमानुएल माराका अनुसार यो भ्याक्सीन कुनै पनि प्रकारको कोरोना भाइरसमा असर देखाउन सक्षम रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ५८ हजार ५११ जनाको मृत्यु भईसकेको छ भने ३७ लाख ४१ हजार २७६ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म १२ लाख ४७ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४९ हजार २४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेपालमा पनि यो समाचार तयार पार्दासम्म ८२ जनालाई कोरोनाको संक्रमण भएको छ भने १६ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?