काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड -१९’ को कारण विश्वमा सय वर्षअघिसम्म नदेखिएका अनेकौँ दृश्य देखिएको छ । त्यतिमात्रै होईन यो महामारीले निम्त्याएको नियति निकै दर्दनाक छ ।
अमेरिकाको न्युयोर्क सहरका अस्पतालहरूमा कोरोनाबाट मर्नेहरुको शवको चाङ लागेको छ । मृतकको अन्तिम संस्कारमा शताब्दी यताकै मुस्किल परिस्थिती सिर्जना भएको छ ।
दैनिक ७०० देखि ८०० जनासम्म कोरोनाका कारण ज्यान गुमाइरहेका त्यो शहरमा बरफ जमाइएको ट्रकहरूमा शव राखिएको छ ।
मृतकका आफन्त आउन् र शव लिएर जाउन् भन्ने उद्देश्य त्यसरी शवहरू ट्रकमा राख्ने गरिएको हो । पाँच–छ दिनसम्म पनि परिवारका मानिस आएनन् भने शवलाई हार्ट आइल्यान्ड नामक टापुमा लगेर पुरिने अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्क प्रशासनले कोरोना महामारीपछि शव व्यवस्थापनका लागि यस्तो प्रबन्ध मिलाएको हो ।
सहरको प्रशासनले शव राख्न २५० यस्ता ट्रक विभिन्न स्थानका अस्पतालको बाहिरपट्टि राख्ने गरेको छ । जो मानिस शवको नजिक जान्छ, उसले शरीर पूरा ढाक्ने गाउन लगाउनुका साथै मास्क प्रयोग गर्नुपर्छ ।
शव गाड्ने ठाउँमा अन्तिम संस्कारका लागि आफन्तको मृत शरीरको प्रतीक्षामा धेरै दिन रहनुपर्ने अवस्था छ । कब्रस्थलमा एकपटकमा केही मानिसलाई मात्र जाने अनुमति प्रशासनले दिएको छ । यति हुँदाहुँदै पनि महामारीका कारण मृत्यु हुनेको सङ्ख्या बढेकाले एकैपटक दर्जनौं शव अन्त्येष्टिका लागि लगिने गरेको प्रशासनले बताएको छ । न्युयोर्क सहरको प्रशासनले ३० जुनसम्म चौबीसै घण्टा कब्रस्थल खुला राखिने जानकारी दिएको छ ।
सहरमा पहिलापहिला महिना दिनमा पनि यति शव अन्तिम संस्कारका लागि नआउनेमा अहिले दुईतीन दिनमै आउन थालेको बताइएको छ । पछिल्ला सातामा यस्तो दृश्य देख्नुपरेको हो ।

मुसलमान धर्मावलम्बीहरूको इस्लामिक सेन्टरहरूमा पनि अन्तिम स्नान गराउन ठूलो आपत् पर्न थालको छ । न्युयोर्कमा भारतलगायत अन्य कतिपय मुलुकबाट गएका मुस्लिमहरूको बाक्लो बसोबास छ ।

न्युयोर्क सहरमा कोरोना भाइरसका बिरामी बढी छन् ।

बीबीसी
जुनसुकै धर्मको भएपनि शब जलाउनू !
उता श्रीलंका सरकार पनि कोरोनाको कहरका कारण श्रीलंका सरकारले कोरोना भाइरसको संक्रमणबाट मर्ने सबैको अंत्येष्टि जलाएर नै गर्ने निर्णय गरेको समाचार एजेन्सी एएपीपीले जनाएको छ । श्रीलंका सरकारको यो निर्णयसँगै श्रीलंकामा जुनसुकै धर्मको व्यक्ति भएतापनि जलाएरै अंत्येष्टि गर्नुपर्ने समाचार एजेन्सी एएपीपीले जनाएको छ । यहाँ सम्मकी अब, मुसलमानहरुले पनि शवलाई गड्न पाउने छैन, जलाउनै पर्ने हुन्छ । श्रीलंकामा जम्मा २ करोड १० लाख जनसंख्या रहेको छ । जसमध्ये लगभग २१ लाख जती मुसलमानहरु रहेको छ । श्रीलंकामा कोरोना संक्रमीतको संख्या २ सय १९ जना पुगेको छ । जसमध्ये ७ जनाले ज्यान गुमाइसकेका छन् । ५९ जना निको भएका छन् । आजमात्रै २ वटा नयाँ केस थपिएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्
यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
नेपालमा कोरोना अपडेट : १६ जना पुगे कोरोना संक्रमित, सनसिटीमा रहेका सबैको चेकजाँच सुरु
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया