एसिया राइजिङ स्टार्स कपमा भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भारत ‘ए’बाट ३३३ रनको लक्ष्य पाएको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो ।

भारतका कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय पारी खेले । कुशाग्रले ११७ रन बनाउँदा वर्माले १०७ रन जोडे । त्यस्तै वैभव सूर्यवंशीले २६ र सूर्यान्श शेड्गेले अविजित ३६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट लिए ।

अब नेपालले जितका लागि ३३३ रन बनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?