सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १३० विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

लोकपथ
0
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मकवानपुरको मनहरी गाउँपालिका–४ चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेटौंडा शाखाको पहलमा विद्यार्थीलाई ट्र्याकसुट र आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखा प्रबन्धक बिनेश कार्की, बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति थियो ।

बैंकले यस सहयोगबाट विद्यार्थीको पढाइमा सहयोग पुग्ने विश्वास लिएको छ । बैंकिङ सेवासँगै शिक्षा, सामाजिक विकास र समुदायको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न सामाजिक काम गर्दै आएको बैंकले जनाएको छ ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?