एनआईसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न सेबोनको अनुमति

लोकपथ
0
Shares

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

सेबोनले मंगलबार कात्तिक १७ गते बैंकलाई हकप्रद सेयर निष्काशनको स्वीकृति दिएको हो ।

स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर थप आधा कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

यसअनुसार बैंकका अहिलेका सेयरधनीले आफूसँग भएको प्रत्येक १ कित्ता सेयरबापत थप ०.५ कित्ता सेयर किन्न पाउनेछन् ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँभन्दा बढी रकम जुटाउनेछ ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?