काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले दराज नेपालको ११।११ अभियानमा विशेष छुट पाउने भएका छन् ।
बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले दराज नेपालसँग सहकार्य गर्दै विशेष छुट योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले छुट पाउनेछन् ।
बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले खरिद रकममा १५ प्रतिशत वा बढीमा १ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २० प्रतिशत वा बढीमा २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो छुट लिन ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजनाअन्तर्गत छुट सीमित ग्राहकलाई पहिलो प्राथमिकताका आधारमा उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकका अनुसार दराजसँगको सहकार्यले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्न, भुक्तानी प्रक्रियालाई सहज बनाउन र ग्राहकलाई थप सुविधा दिन सहयोग पुग्नेछ ।
यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया