नेपाली बजारमा भेस्पाको नयाँ १५० सीसी स्कुटर सार्वजनिक, के-के छन् विशेषता ?

लोकपथ
21
Shares

काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सीसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्कुटर सार्वजनिक गरिएको हो ।

नयाँ स्कुटरमा भेस्पाको परम्परागत इटालियन डिजाइनलाई कायम राख्दै थप शक्तिशाली राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । मौलिक डिजाइन, आकर्षक बनावट र विशिष्ट पहिचानका कारण भेस्पाले विश्वभरका राइडरमाझ लोकप्रियता कमाउँदै आएको छ ।

‘एन इटालियन मास्टरपिस’ अर्थात् इटालियन कलाको उत्कृष्ट नमुनाका रूपमा परिचित भेस्पा दशकौँदेखिको ऐतिहासिक विरासत र कालजयी डिजाइनका कारण यातायातको साधनमा मात्र सीमित छैन । यो जीवनशैली र व्यक्तिगत पहिचानको प्रतीकका रूपमा समेत स्थापित भएको कम्पनीको भनाइ छ ।

नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले यही विरासतलाई निरन्तरता दिँदै नेपाली ग्राहकलाई १५० सीसी क्षमतामा थप शक्तिशाली विकल्प उपलब्ध गराएको छ ।

मौलिक इटालियन शैली, आकर्षक बनावट र विशिष्ट पहिचानलाई कायम राखेर ल्याइएको यो स्कुटर स्टाइलसँगै दैनिक यात्रामा थप शक्ति र सहजता खोज्ने ग्राहकलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?