काठमाडौं । दशैंको अवसरमा थापाथलीस्थित जेटुर शोरुममा विशेष पूजापाठ सम्पन्न भएको छ । यस अवसरमा नेपालमा जेटुरका नयाँ एसयूभी मोडल T1 र T2 को प्रि-बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा जेटुर T1 प्लग-इन हाइब्रिड (PHEV) भेरियन्टमा उपलब्ध हुनेछ। यसको मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, जेटुर T2 को मूल्य १ करोड ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मोडल इन्टरनल कम्बसन इन्जिन (ICE) सहित अल-ह्विल ड्राइभ (AWD) र प्लग-इन हाइब्रिड विकल्पमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आधुनिक डिजाइन, आकर्षक लुक्स र प्रविधिमा आधारित यी एसयूभीप्रति ग्राहकको आकर्षण बढाउने उद्देश्यले प्रि-बुकिङ खुला गरिएको कम्पनीको भनाइ छ ।
ग्राहकले थापाथलीस्थित जेटुर शोरुममा पुगेर दुवै मोडलको डिजाइन, विशेषता र उपलब्ध भेरियन्टबारे जानकारी लिन सक्नेछन् । साथै, शोरुमबाटै दुवै एसयूभीको प्रि-बुकिङसमेत गर्न सकिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया