एमजीको हेक्टर टोमहक ईभी नेपालमा भित्रियो, मूल्य र रेन्ज कति ?

लोकपथ
0
Shares

काठमाडौं । एमजीले नेपालमा नयाँ इलेक्ट्रिक एसयूभी हेक्टर टोमहक ईभीको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

भारतमा उत्पादन भएको हेक्टर टोमहक ईभी सात सिट क्षमताको इलेक्ट्रिक एसयूभी हो । यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ६१.२ किलोवाट आवरको ब्याट्री रहेको छ ।

कम्पनीका अनुसार यो गाडीले एकपटक फुल चार्ज गर्दा ५१७ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ । गाडीको ग्राउन्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ, जसले नेपाली सडकमा चलाउन सहज हुने कम्पनीको विश्वास छ ।

एमजीको एडाप्ट प्लेटफर्ममा तयार गरिएको यस गाडीबारे कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले एकपटकको फुल चार्जमा ५१७ किलोमिटरसम्म रेन्ज दिने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?