धनगढीमा चांगनको नयाँ सोरुम, आजदेखि टेस्ट ड्राइभ गर्न पाइने

लोकपथ
14
Shares

काठमाडौं । एमएडब्लू वृद्धि अटोक्रप प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि चांगनको आधिकारिक डिलर ग्लोबल प्रालिले कैलालीको धनगढी–१३, राजपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले यससँगै चांगनको विद्युतीय एसयूभी नेभो क्यू०५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

ग्राहकले आज देखि २९ गतेसम्म धनगढीस्थित डीपल सोरुममा सञ्चालन हुने चारदिने टेस्ट ड्राइभ क्याम्पमा नेभो क्यू०५ चलाएर अनुभव लिन सक्नेछन् ।

नेभो क्यू०५ आधुनिक डिजाइन, नयाँ प्रविधि र दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको विद्युतीय एसयूभी हो । यसमा फराकिलो केबिन, आरामदायी सिट र सामान राख्न पर्याप्त ठाउँ उपलब्ध छ ।

गाडीको ह्विलबेस २ हजार ७३५ मिलिमिटर रहेको छ । पछाडिका सिटलाई आवश्यकताअनुसार ढल्काउन सकिन्छ । त्यस्तै, ५४० लिटर क्षमताको बुट स्पेस भएकाले किनमेल, सामान बोक्न र पारिवारिक यात्राका लागि उपयोगी हुने कम्पनीको भनाइ छ ।

चांगनको विश्वव्यापी डिजाइन टोलीले तयार पारेको यस गाडीमा आकर्षक बाहिरी बनावट र विशेष लाइटिङ डिजाइन रहेको छ । यसले ‘गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रविधितर्फ नेभो क्यू०५ मा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ । यसमा चांगनको गोल्डेन सिल्ड २।० ब्याट्री प्रविधि प्रयोग गरिएको छ ।

गाडीले ३सी फास्ट चार्जिङ प्रविधिलाई समर्थन गर्छ । यसमा अधिकतम १६२ किलोवाट क्षमताको डीसी चार्जिङ सुविधा छ । उपयुक्त चार्जिङ अवस्थामा करिब १५ मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

१२० किलोवाटको विद्युतीय मोटर रहेको नेभो क्यू०५ ले एनईडीसी परीक्षण मापदण्डअनुसार एकपटक चार्ज गर्दा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ ।

कम्पनीका अनुसार नेभो क्यू०५ ले चीनमा पनि राम्रो बजार पाएको छ । सन् २०२६ अगस्टको अन्त्यसम्म यस मोडलको बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको छ ।

धनगढीमा नयाँ सोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकलाई चांगनका विद्युतीय गाडी खरिद गर्न र बिक्रीपछिको सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । सोरुमले गाडी बिक्री, ग्राहकसँगको अन्तरक्रिया र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?