नेपाल भित्रियो जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर, ४ वटै मोडलमा १५ हजारसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । इलेक्ट्रिक भेइकल (ईभी) ले नेपाली बजारमा प्रभुत्व जमाइरहेका बेला बजारमा नयाँ इलेक्ट्रिक स्कुटरको प्रवेश भएको छ ।

भारतको चर्चित ब्राण्ड जेलियोले नेपाली बजारमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच जोलियो ईभी स्कुटरको नयाँ मोडल लञ्च गरियो । नयाँ स्कुटर मात्र होइन नेपालमा जेलियो स्कुटरका लागि आधिकारिक शोरुमको पनि उद्घाटन भएको हो ।

प्रतिष्पर्धी बन्दै गइरहेको नेपाली ईभी बजारमा जेलियोको इलेक्ट्रिक स्कुटरको प्रवेशले किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्पको रुपमा प्रस्तुत गरेको बताइएको छ ।

जेलियो ईभी स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू उपलब्ध मोडल अनुसार समावेश गरिएका छन् ।

नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई ध्यानमा राख्दै जेलियोले ग्राहकलाई कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

जेलियो ईभी स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत आकर्षक खरिद योजना, फाइनान्स सुविधा, एक्सचेञ्ज सुविधा, टेस्ट राइड सुविधा, बिक्रीपछिको सेवा तथा मर्मतसम्भार एवं स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। साथै, नेपालीहरूको महान पर्व दशैँ तथा तिहारका अवसरमा कम्पनीले आफ्ना ४ वटै मोडलहरूमा १५००० रूपैयाँसम्म छुट समेत दिएको छ ।

जेलियोको नेपालस्थित आधिकारिक नेटवर्कले ग्राहकलाई बिक्री मात्र नभई बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता र प्राविधिक सहयोग मार्फत दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रतिनिधिले नेपालमा विद्युतीय मोबिलिटीको प्रयोग बढिरहेको अवस्थामा जेलियोले ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन् । उनले ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै भरपर्दो सेवा र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउनु आफूहरूको प्राथमिकता रहेको जानकारी दिएका छन् ।

जेलियो ईभी स्कुटरले आगामी दिनमा नेपालका विभिन्न प्रमुख शहर तथा बजारमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने योजना अघि सारेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?