नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार

लोकपथ
0
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो ।

यस दिन नेप्से परिसूचक ४.१२ अंकले उकालो लाग्दै २,५९९.९३ विन्दुमा बन्द भएको छ । बजार परिसूचकसँगै मंगलबार शेयर कारोबारको रकममा पनि वृद्धि भएको छ । आज १ करोड ३५ लाख ५३ हजार कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।

मंगलबार सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै मूल्यवृद्धि अनुभव गरेका छन् । कम्पनीको शेयरमूल्य १२.४४ प्रतिशतले बढेको छ। अन्य कम्पनीको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कममा सीमित रह्यो ।

यसको विपरीत, स्नो रिभर्सको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा झरेको छ । कम्पनीको शेयर प्रतिकित्ता १४९ रुपैयाँ ९० पैसाले घटेर ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि करिब १३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो मंगलबार पहिलो स्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये मंगलबार पाँचवटाको परिसूचक बढेको छ भने आठवटामा गिरावट आएको छ । यस दिन जीवन बीमा उपसमूह सबैभन्दा बढी १.७७ प्रतिशतले उकालो लागेको छ । बैंकिङ, विकास बैंक, लगानी तथा निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। बाँकी आठ उपसमूहका परिसूचक भने घटेर बन्द भएका छन् ।

समग्रमा मंगलबार शेयर बजारमा सामान्य वृद्धि देखिए पनि सबै उपसमूहमा भने सुधार आउन सकेन । कारोबार रकम बढ्नुका साथै कम्पनीगत शेयरमूल्यमा मिश्रित उतारचढाव देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?