नेपाल टेलिकमको ‘अटम अफर’ सार्वजनिक, ३५ रुपैयाँदेखि भ्वाइस प्याक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न सुविधा र समयावधिका प्याकेज उपलब्ध गराएको हो ।

नयाँ अफरअन्तर्गत नेपाल टेलिकमले ३५ रुपैयाँदेखि अल नेट भ्वाइस प्याक उपलब्ध गराएको छ । यसअन्तर्गत ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११ मिनेट, ९८ रुपैयाँमा २२२ मिनेट, १८९ रुपैयाँमा ३३३ मिनेट र २९९ रुपैयाँमा ६६६ मिनेट भ्वाइस सुविधा लिन सकिनेछ ।

यी प्याकेजको समयावधि क्रमशः १ दिन, ३ दिन, ७ दिन, ३० दिन र ३० दिन रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, १ हजार ४९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस उपलब्ध हुनेछ ।

पोस्टपेड प्रयोगकर्ताले ३७३ रुपैयाँ रेन्टल चार्जमा विभिन्न प्रकारका भ्वाइस, डाटा तथा कम्बो प्याकेज प्रयोग गर्न सक्नेछन्। कम्पनीले भ्वाइस र डाटासहित अन्य आकर्षक प्याकेज पनि उपलब्ध गराएको जनाएको छ ।

अफरअन्तर्गत बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच प्याकलगायत सुविधा पनि उपलब्ध छन्। फरक क्षमता भएका व्यक्तिका लागि समेत छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

अटम अफर २०८३ असोज २६ गतेदेखि लागू भएको हो । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np बाट पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?