धनगढी । चाङ्गान गाडीको आधिकारिक डिलर ग्लोबल प्रालिले कैलालीको धनगढी–१३, राजपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
एमएडब्लु वृद्धी अटोकर्प प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि आधिकारिक डिलर रहेको ग्लोबल प्रालिको नयाँ शोरुमको उद्घाटन शिक्षाविद् डा.हेमराज पन्तले गरेका हुन् ।
उद्घाटन समारोहमा एमएडब्लु वृद्धीका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धी अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्द, ग्लोबल प्रालिका अध्यक्ष हितेश ओझा र प्रबन्ध निर्देशक कृष्णदेव उप्रेतीलगायतको उपस्थिति थियो ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकले चाङ्गानका गाडीबारे जानकारी लिन, खरिद गर्न, टेस्ट ड्राइभ गर्न र बिक्रीपछिका सेवा प्राप्त गर्न सक्नेछन् ।
शोरुम उद्घाटनपछि चाङ्गानको नयाँ मोडल नेभो क्यु–०५ धनगढीमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। यसका साथै असोज २६ देखि २९ गतेसम्म चारदिने टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी ग्राहकले गाडीको डिजाइन, आरामदायी सुविधा, प्रविधि र स्मार्ट विशेषताहरू अनुभव गर्न सक्नेछन् ।
नेपालमा चाङ्गानअन्तर्गत दिपाल एस०५, एस०७, एल०७, ई०७ र नेभो क्यु–०५ मोडल उपलब्ध छन् । यी गाडीमा आधुनिक डिजाइन, उन्नत प्रविधि र आरामदायी सुविधालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
धनगढीमा नयाँ शोरुम सञ्चालन गरेर सुदूरपश्चिमका ग्राहकलाई विद्युतीय तथा नयाँ ऊर्जा प्रविधिमा आधारित सवारीसाधन सहज रूपमा उपलब्ध गराउने कम्पनीको लक्ष्य छ । साथै, ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्दै विद्युतीय सवारीसाधनप्रति विश्वास बढाउने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया