असोज ९ देखि ११ गतेसम्म यी स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

कतिपय स्थानमा हिमपातको जोखिम, हवाइ मार्ग समेत प्रभावित हुनसक्ने

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । आगामी असोज ९ गतेदेखि असोज ११ गतेसम्म नेपालका विभिन्न स्थानमा भारी र अतिभारी वर्षाको सम्भावना देखिएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन, चट्टयाङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको उक्त प्रणाली थप शक्तिशाली बन्दै गएको र त्यसको असर नेपालमा पनि पर्ने देखिएको हो ।

सम्भावित वर्षाको कारण भू–क्षय, बाढी पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरुमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सहत बढ्न सक्नेछ ।

जसको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भन्दै सावधानी अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

त्यति मात्र होइन उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भू–भागमा भारीसम्म हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित पक्षलाई सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?