एक्सट्रीम इनर्जी ड्रिंक प्रायोजित पीएमजीओ २०२६ सम्पन्न, को बन्यो च्याम्पियन ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा सम्पन्न पीएमजीओ २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको फोर थ्राइभ्स ईस्पोर्टले जितेको छ ।

काठमाडौंस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा फोर थ्राइभ्स ईस्पोर्टले उत्कृष्ट प्रदर्शन गर्दै कुल २०९ अंकसहित उपाधि जितेको हो ।

प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट पब्जी मोबाइल ईस्पोर्ट टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । रोमाञ्चक प्रतिस्पर्धामा नेपालको टी २ के ईस्पोर्ट दोस्रो र होरा ईस्पोर्ट तेस्रो भएका छन् ।

नेपालमा ईस्पोर्ट्सको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो ।

एक्सट्रीमले युवा पुस्ताको ऊर्जा, जोश र प्रतिस्पर्धात्मक भावनासँग जोडिँदै नेपालमा ईस्पोर्ट्सको विकासमा सहयोग गर्दै आएको जनाएको छ ।

पीएमजीओजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली ईस्पोर्ट्स खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव लिन र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको आयोजकले जनाएको छ ।

एक्सट्रीमले आगामी दिनमा पनि नेपाली ईस्पोर्ट्स समुदाय र युवा खेलाडीलाई साथ दिँदै ईस्पोर्ट्स संस्कृति तथा प्रतिस्पर्धात्मक गेमिङको विकासमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?