बाढीले बगाएको ठाउँमा सडक नबनाउने सरकारको निर्णय

लोकपथ
0
Shares

काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण नगर्ने भएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीले बगाएको ठाउँमा फेरि सडक बनाउने पक्षमा सरकार नरहेको बताएका हुन् ।

संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले नदीले खोलेका कारण पहिरो खसेको स्थानमा भने सडकको संरचना उठाउनुपर्ने बताए ।

उनले बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण गर्नु उपयुक्त नहुने धारणा राखे ।

‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बगाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ । हामी बिल्ड ब्याक बेटर भन्ने पक्षमा छैनौँ,’ मन्त्री लम्सालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?