काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको नियमित शेयर कारोबार स्थगित गरेको छ ।
ब्रोकर कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालिमा प्राविधिक समस्या आएपछि शेयर कारोबार सञ्चालन गर्न नसकिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार असोज ४ गते बिहानदेखि नै डाटा हबको सर्भरमा समस्या देखिएको थियो । समस्या समाधानका लागि प्रयास भइरहे पनि सोमबारसम्म पूर्ण रूपमा समाधान हुन सकेन ।
प्राविधिक समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार स्थगित गरिएको हो ।
यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि प्राविधिक समस्या समाधान नभएसम्म सोमबारको कारोबार स्थगित गर्न नेप्सेलाई लिखित आग्रह गरेको थियो ।
ब्रोकर एसोसिएसनको आग्रह र प्राविधिक जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० अनुसार सोमबारको कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया