काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौंको चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनमा आएसँगै चावहिल, बौद्ध तथा आसपासका क्षेत्रका ग्राहकले ट्रायम्फका मोटरसाइकल खरिद तथा सेवा लिन सहज हुने कम्पनीले जनाएको छ ।
चावहिल–बौद्ध सडकमा रहेको नयाँ शोरुम ट्रायम्फ नेपालको आधिकारिक डिलर जेन्स पाल गियर्सले सञ्चालनमा ल्याएको हो । शोरुममा ‘३एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा उपलब्ध हुनेछ ।
ग्राहकले शोरुमबाट ट्रायम्फका मोटरसाइकल खरिद गर्नुका साथै दक्ष प्राविधिकबाट आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्ट्सको सुविधा पनि पाउनेछन् । यसले काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा लिन टाढा जानुपर्ने बाध्यता हटाउने कम्पनीको भनाइ छ ।
ट्रायम्फ नेपालले एकै हप्तामा देशका विभिन्न चार स्थानमा नयाँ ‘३एस’ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार धनगढी, दाङ, हेटौंडा र चावहिल–बौद्धमा एकै हप्ताभित्र नयाँ शोरुम विस्तार गरिएको हो ।
ट्रायम्फ नेपालले यसलाई आफ्नो इतिहासकै ठूलो विस्तार भनेको छ । सुदूरपश्चिमदेखि लुम्बिनी, हेटौंडा हुँदै काठमाडौं उपत्यकासम्म शोरुम विस्तार भएपछि कम्पनीको सेवा सञ्जाल थप फराकिलो भएको छ ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले एकै हप्तामा चारवटा पूर्ण ‘३एस’ शोरुम थपिनु देशभर ट्रायम्फको समुदाय विस्तार भइरहेको संकेत भएको बताए ।
उनका अनुसार कम्पनीको उद्देश्य मोटरसाइकल बिक्रीसँगै ग्राहकलाई आधिकारिक सर्भिस र ओरिजिनल स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउनु हो ।
त्यस्तै, ट्रायम्फ चावहिल–बौद्धका रोहन शाहीले नयाँ शोरुमले उपत्यकाका यस क्षेत्रका राइडरलाई ट्रायम्फको सेवा लिन सहज बनाएको बताए । उनले ग्राहकलाई बिक्री, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्समा भरपर्दो सेवा दिने तथा मोटरसाइकलप्रेमीहरूबीच भेटघाट र सम्बन्ध विस्तार गर्ने थलोका रूपमा शोरुमलाई विकास गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया