महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगंगा नगरपालिका–४ बाट दुई लाख रुपैयाँघुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।
विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख्तियारको टोलीले रकमसहित गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई नियन्त्रणमा लिएको अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टले जानकारी दिए ।
प्रवक्ता भट्टले यस विषयमा विस्तृृत अनुसन्धान भइरहेको बताए ।
अख्तियारले यहाँ ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया