गण्डकी । निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी जीवन ज्ञवालीले आज प्रदेश प्रमुख भट्टलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले आफ्ना कामकारबाहीलाई तीव्रता दिएको विश्वास व्यक्त गरे । उनले निर्वाचन आयोगले आफ्नो जिम्मेवारी सचेतना र गम्भीरतापूर्वक पूरा गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा निर्वाचन अधिकारी ज्ञवालीले गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको सारांश प्रस्तुत गरेका थिए ।
उनले निर्वाचनसम्बन्धी गतिविधि र आयोगका कामकारबाहीबारे पनि जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया