भन्सार छलेर ल्याइएका करिब १० लाखका सामान बरामद

लोकपथ
0
Shares

पर्सा । प्रहरीले पर्साबाट भन्सार छलेर ल्याइएका करिब १० लाख रुपैयाँ बराबरका खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट भारतबाट भन्सार छलेर ल्याइएका ९ लाख ५३ हजार ३४५ रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो ।

त्यस्तै, वीरगन्ज–१६ स्थित रजतजयन्ती चोकबाट २३ हजार ४८५ रुपैयाँ बराबरका तरकारी तथा अन्य सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद गरिएका सामानको कुल मूल्य ९ लाख ७६ हजार ८३० रुपैयाँ रहेको छ ।

नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?