काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसबारे स्पष्टीकरण दिएको छ ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एकैपटक अत्यधिक संख्यामा प्रयोगकर्ता टिकट खरिद गर्न आएपछि केही मिनेटमै सबै टिकट बिक्री भएको जनाइएको छ ।
क्यानका अनुसार टिकट बिक्री खुला हुँदा करिब २ लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्ने प्रयास गरेका थिए । तर, क्रिकेट मैदानको सीमित क्षमताका कारण सबै इच्छुक दर्शकलाई टिकट उपलब्ध गराउन नसकिएको क्यानले स्पष्ट पारेको छ ।
टिकट खरिद गर्न नपाउँदा दर्शकलाई परेको असुविधाप्रति क्यानले क्षमायाचना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया