सुदूरपश्चिम प्रदेश : लामो समयदेखि अमेरिका रहेका प्रकाश देउवा पदमुक्त

लोकपथ
224
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाको सांसद पद रिक्त भएको छ ।

लामो समयदेखि प्रदेश सभा बैठकमा अनुपस्थित भएका देउवालाई आज पदमुक्त गरिएको हो । प्रदेशका सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्रीसमेत रहेका देउवा लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् । जेनजी आन्दोलनपछि उनी अमेरिका गएका देउवा अझैसम्म नफर्किएका हुन् ।

देउवा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?