नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई प्रशिक्षण र मनोरञ्जनात्मक कार्यक्रम

लोकपथ
14
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट काम गर्ने अभिकर्ताहरूलाई लक्षित गर्दै प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीको २०८३ वैशाख महिनाको मासिक योजनाअनुसार लक्ष्य पूरा गरेका र राम्रो प्रदर्शन गरेका अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, शाखा प्रमुख, व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीले आर्थिक वर्ष २०८३र८४ मा बीमा व्यवसायका विभिन्न क्षेत्रमा राम्रो प्रगति हासिल गरेको बताए। उनले कम्पनीको सफलतामा सहयोग गर्ने ग्राहक, अभिकर्ता, नियामक निकाय तथा सबै सरोकारवालालाई धन्यवाद दिए ।

उनले ग्राहकलाई अझ राम्रो सेवा दिन र अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउन कम्पनी निरन्तर काम गरिरहेको बताए ।

कार्यक्रममा प्रशिक्षक काजिम रजाले अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडीआरटी हासिल गर्न आवश्यक योजना, रणनीति र काम गर्ने तरिकाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अन्त्यमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि राखिएको थियो । सहभागी अभिकर्ताहरूले हास्य, संगीत र सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?