काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर इन्टरनेट र मेस एपी अफरको अवधि थप गरेको छ ।
कम्पनीले ग्राहकको माग बढेपछि दुवै अफरको अवधि आगामी पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । यो प्याकेज गत असोज ३० गतेदेखि वितरण सुरु गरिएको थियो ।
त्यस्तै, घरका सबै कोठा र स्थानमा वाइफाइको पहुँच पुर्याउन प्रयोग हुने मेस एपी ४० प्रतिशत छुटसहित २ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यो अफर असोज ८ गतेदेखि सुरु भएको थियो ।
यसैगरी, दसैँ–तिहार अफरअन्तर्गत नयाँ ग्राहकलाई वाइफाइ ६ इन्डिभिजुअल प्याकेजमा दिइँदै आएको ३ हजार रुपैयाँ छुट भने कात्तिक ३० गतेसम्म मात्र उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार कात्तिक ३० गतेभित्र डिमान्ड पोर्टलमार्फत नयाँ इन्टरनेट जडानका लागि आवेदन दिने ग्राहकले उक्त छुट पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया