सिटिजन्स बैंक र नियो भर्सबीच सहकार्य, इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रालि (नेओटेरिक नेपाल) बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार डिजिटल कारोबारमार्फत उपलब्ध हुने छुटसम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ ।

बैंकका अनुसार उक्त सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट भुक्तानी गर्न ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले समय–समयमा विभिन्न ग्राहकमैत्री योजना तथा सुविधा सञ्चालन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?