जाजरकोट भूकम्पको १६ महिना : बल्ल क्षतिको आँकलनमा सरकारको चासो

लोकपथ
21
Shares

काठमाडौं । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ । 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गरे ।

उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकाको पुनः निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि उनको भनाइ छ ।  

उनले भूकम्पपछिको पुनः निर्माण र पुनः स्थापनाको काम द्रुत गतिमा अघि बढ्ने बताए । 

२०८० साल कार्तिक १८ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्प गएको डेढ वर्षपछि मात्रै सरकारले क्षतिको आँकलन गर्न चासो देखाएको हो । जाजरकोट भूकम्पका कारण आसपासका केही जिल्लामा समेत असर गरेको थियो । तर यसबीचमा निरन्तर सत्ता समीकरण हुँदा पीडितहरुले राहत र पुनस्थापनाका लागि राज्यबाट कुनै पहल नभएको भन्दै नागरिक तहबाट गुनासोहरु आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?